टुप्पी हल्लाउने घनश्यामले भोली बाट शैक्षिक क्षेत्रमा क्षेप्यास्त्र हान्ने



हाम्रो इकोनोमि

मिजासिलो र फरासिलो कलाकारको रुपमा चिनिएका घनश्याम तिमल्सिना कलाकार उत्पादन गर्ने मिनी कारखाना पनि हुन्।क्षमतावान कलाकार उत्पादन गर्नमा र झन्झट नगरी अभिनयकला सिकाउनमा उनि उत्तिकै पोख्त पनि छन् । विभिन्न टेलिचलचित्रहरुमा हाँस्य अभिनय गरेर स्थापित गरेका उनै घनश्याम तिमल्सिना एन्टिना उपनामले यत्र तत्र सर्बत्र जमेका छन्।

उनले पालेको लामो टुप्पी अनि त्यसैलाई एन्टिनाको उपनाम दिएर उनले टेलिभिजनको पर्दा मार्फत गरेको प्रदर्शनले उनलाई अर्को उपनाम पनि थपिदिएको छ टुप्पी बाजे । घनश्यामले आफ्नो टुप्पीको प्रयोगबाट दर्शकहरुलाई मनोरञ्जन दिएका छन् कति पटक उनले हँसाएका छन् । उनको टुप्पी सर्वसाधारण दर्शकहरुका लागी चासोको विषय नहुने कुरै भएन । लरक्क पारेको टुप्पिमा अभिनय गर्दा त उनी उम्दा नै देखिन्छन।

बहुमुखी प्रतिभाका धनी उनि यतिबेला अभिनयकला प्रशिक्षण लगायतकै काममा ब्यस्त छन्। अझ उनले चेतनामुलक काम लाइ बढी समय दिन थालेका छन् ।उनकै अगुवाइमा शिक्षामुलक वृतचित्र बनाउनतिर लागेका छन ।उनले बनाएको वृतचित्र असल शिक्षाको अहिले सर्बत्र चर्चा छ ।यसमा नेची थापा ;सुरबीर पण्डित ;रामचन्द्र अधिकारी ;एन्टिना ;रामकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ । रामकुमार श्रेष्ठको लगानीमा बनेको वृतचित्रमा शिक्षा क्षेत्रको कथा रहेको निर्देशक एन्टिनाले जानकारी दिए । समुन्नत राष्ट्र निर्माण गर्न असल शिक्षा नभई नहुने तथ्यलाइ उर्जागर गरिएको उनले जानकारी दिए । असार २५ गते भोलि रिलिज हुने असल शिक्षा संदेशमुलक रहेकाले सबै स्कुल र त्यस संग सम्बन्धित सबैले हेर्ने पर्ने खालको छ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...