हाइड्रोको झन्डै चार लाख कित्ता आईपिओ आउँदै



काठमाण्डौं । कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।

हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार आइपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

दोलखामा ३।५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको हाल अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था सामान्य मात्र रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी

    नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु

१० हजार मेगावाट विद्युत खरिद गर्न भारत तयार

    भारतीय सरकार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न