मोतीयाविन्दुको शल्यक्रिया इवामुरा मेमोरियल अस्पताल भक्तपुरबाट



हाम्रो इकोनोमि

भक्तपुर । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले आँखामा हुने मोतियाविन्दुको शल्यक्रियासहितको उपचार सेवा सुरु गरेको छ ।

लायन्स क्लब डिस्ट्रिक ३२५ ए¬–२ का सहयोगमा अस्पतालले लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर नै सञ्चालन गरेर सेवा सुरु गरेको हो । भक्तपुरमा आँखा र मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसको उपचारका लागि काठमाडौँका अस्पतालमा जानु नपरोस् भनेर स्थानीयस्तरमै सेवा लागिएको अस्पतालका निर्देशक रञ्जित मारिकुले जानकारी दिनुभयो ।

अस्पतालले सातै दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म न्यून शुल्कमा सेवा दिएको छ । आँखाको मोतियाविन्दुको समेत शल्यक्रिया त्यहीँबाट हुने भएपछि यहाँका बिरामीलाई सहज हुने तथा मधुमेहका बिरामीका लागि मधुमेहको परीक्षण र परामर्श दिने सेवासमेत सञ्चालन गरिएको छ ।

भक्तपुरलाई मधुमेह रोगमुक्त जिल्ला बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै उहाँले भक्तपुरमा आँखा रोगको शल्यक्रिया जिल्लामै पहिलो पटक सञ्चालन गरिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा डेल्सी रोड्रिगेज

     भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति...