मेसी टिम गेममा विश्व कै सबैभन्दा महंगो खेलाडी बन्ने बार्सिलोनाको दावी



हाम्रो इकोनोमि

काठमाण्डौं । अर्जेन्टिनी फुटबल कप्तान लिओनल मेसी टिम गेममा विश्व कै सबैभन्दा महंगो खेलाडी बन्न लागेको खुलासा बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेका छन्। बार्सिलोनाले ३० वर्षीय मेसीको आउँदो साता सम्झौता नवीकरण गर्ने घोषणा गरेलगत्तै क्लब अध्यक्षको यस्तो बयान आएको हो।

मेसीको सम्झौता नवीकरणको विषयमा करिब एक महिना मौनधारण गरेका ‘ब्लाउग्राना’ अध्यक्ष बार्टोमेउले क्याटलान मिडियालाई पहिलो जानकारी दिँदै भने, ‘हामी अहिले नै उनको सम्झौता नवीकरणको रकम सार्वजनिक गर्ने छैनौं तर विश्व उत्कृष्ट खेलाडीलाई यही किसिमको पारिश्रमिक रकमको व्यवस्था गर्न लागेका छौं।’

स्पेनको मुन्डो डिपोर्टिभो पत्रिकाले छापेको समाचारमा भनिएको छ, ‘उनी टिम गेममा सर्वाधिक पैसा कमाउने खेलाडी बन्दैछन् किनभने उनले क्लबका लागि जति दिएका छन् अन्य कुनै खेलाडीले आफ्नो क्लबका लागि त्यति योगदान गरेका छैनन् होला !’बार्टोमेउको भनाई उध्रित गर्दै भनिएको छ, ‘जब उनले बार्सिलोनामा निरन्तरता दिने बताए, सबै छर्लङ भयो कुनै समस्या बिना। जुन मैले पहिलेदेखि भन्दै आइरहेको थिए।’

उनले मार्को भेराटीलाई अनुबन्धित गर्ने विषय पेरिस सेन्ट जर्मनी क्लबमा भरपर्ने बताए। ‘हामी भेराटीलाई भित्र्याउन चाहन्छौं। तर, अहिले पिएसजीले नबेच्ने भनेको छ। हाम्रो (स्पेन) मा जस्तै फ्रान्समा खेलाडीलाई मुक्त गर्ने नियम रहेनछ।’

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...