बामदेब भन्छन- २ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढी जित्छौ



पहिलो र दोश्रो चरणको स्थानीय तहको चुनाबमा अरुलाई उछिनेको एमालेका उपाध्यक्ष बामदेव गौतमले असोज २ गते हुन लागेको प्रदेश २ को स्थानीय तह निर्वाचनमा पनि एमाले सोहि गतिमा अगाडी बढ्ने बताएका छन्। ५० प्रतिशत भन्दा बढी स्थान जित्ने ठोकुवा गरेका उनले एमाले २ नम्बर प्रदेशमा अरुले प्रचार गरेजस्तो कमजोर नभएको पनि बताए । उपत्यका र प्रतिष्ठान तहका नेपाल पत्रकार महासंघमा निर्वाचित सभासदको स्वागतमा प्रेस चौतारी नेपालले आयोजना गरेको स्वगत कार्यक्रममा गौतमले उक्त कुरा गरेका हुन् ।
उनले स्थानीय चुनावमा अन्तरघातका कारण एमालेले अपेक्षा गरे अनुसार जित हात पार्न नसकेको पनि प्रष्ट पारे । हचुवा तालमा अनुमान नगरी अध्ययन गरेरै प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जित्ने दाबी आफ्नो पार्टीले गरेको उनको भनाइ थियो । उक्त कार्यक्रममा ६ दर्जन पत्रकारलाई उनले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम जानकी मन्दिरमा

    राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका