भारत जान खोजेका देउवाले निम्तो पाएनन्,नयाँ राष्ट्रपति नहुदा सम्म नबोलाउने



वर्तमान भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल साउन ९ गते सकिने भएको कारण साउन २ गते निर्वाचन पश्चात साउन ५ गते निर्वाचनको नतिजा सार्वजनिक हुने छ। र नया रास्ट्रपतिले भारतमा कार्यभार सम्हाले पछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने छन्। साउनको दोस्रो सातापछि मात्र मित्रराष्ट्र भारतको भ्रमण गर्ने तयारी भएको परराष्ट्रमन्त्री कृष्णबहादुर महरा निकट श्रोतले जानकारी दिएको छ ।

यसरी भारतीय सरकार, त्यहाँको प्रमुख राजनीतिक दलका नेता तथा कर्मचारी साउन ९ गतेसम्म नयाँ राष्ट्रपतिको चुनाव, पदभार ग्रहणदेखि वर्तमान राष्ट्रपतिको विदाई कार्यक्रममा व्यस्त रहनु पर्ने भएको कारण पनि प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यक्रम केही पर धकेलिएर नयाँ राष्ट्रको आगमनपछि मात्र हुने भएको हो। भारतीय राष्ट्रपतिका लागी सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले विहारका पूर्व गर्भनर रामनाथ कोभिन्द र कंग्रेस आई नेतृत्वको गठबन्धनले पूर्व सभामुख मिरा कुमारलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारका छन्।भारतीय राष्ट्रपतिको चुनावको कार्यतालिका अनुसार जुलाई १७ तारिखमा भारतको लोकसभा, विधान सभा लगायतको इलोक्ट्रल कलेजले नयाँ राष्ट्रपतिका दुई उम्मेदवारमध्ये एकलाई चयनका लागि मतदानको कार्यक्रम रहेको छ।

भारतीय सरकारको तर्फबाट प्रधानमन्त्री देउवालाई भारतको औपचारिक भ्रमणको निमन्त्रणा अहिलेसम्म नआएपनि भारतीय सरकारका उच्च अधिकारीहरुले देउवालाई भ्रमणका लागि आमन्त्रण गर्न तयार रहेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम