प्रधानमन्त्री सप्तरीमा, बाढीपीडितको लागि के-के घोषणा गरे ?



हाम्रो इकोनोमि

सप्तरी । सप्तरीमा केहि दिनयताको वर्षापछि आएको बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जर्नादन शर्मा सप्तरी पुगेका छन् ।

बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्न प्रधानमन्त्री देउवासहित गृहमन्त्री शर्माको टोली आज बिहान १० बजे सप्तरी आएका हुन् ।

प्रधानमन्त्रीको टोलीले बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना,सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए । निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ हजार रुपैयाँ दिइने घोषणा गरे ।

यसैगरी प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई तटबन्ध निर्माण गरेकोमा धन्यवाद दिए । प्रधानमन्त्री देउावले बाढीपीडितलाई व्यापाररव्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताए । उनले भने, केही दिनमा डुबान प्रभावित क्षेत्रमा निस्शुल्क औषधिसहित स्वास्थ्य टोली खटाइने छ भने पिउने पानीको समस्या आजको दिनदेखि नै समाधान हुन्छ ।

उनले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लाहनमा नदी नियन्त्रणको नाममा भ्रष्टाचार भएको भन्ने आएको गुनासोको पनि छानविन समिति बनाएर चाँडै सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...