पत्रकार उपचार कोषलाई सहयोग



हाम्रो इकोनोमि

भद्रपुर । झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार सहयोग गरेको छ ।

बिद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले आज नेपाल पत्रकार महासङ्घ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदान स्वरुप पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको संस्थापक प्रिन्सिपल प्रसाईले बताउनुभयो ।

मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिनका लागि सबैसंग उहाँले आग्रह पनि गर्नुभयो ।

महासङ्घले रु एक करोडको कोष स्थापना गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म सो कोषमा करिब रु २४ लाख रकम जम्मा भइसकेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...