बस दुर्घटनामा पाँचजना घाइते



हाम्रो इकोनोमि

बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको उहाँले बताउनुभयो ।

उग्रतारा यातायातको बा ३ ख ५१७५ नंको बस सुर्नया–३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...