उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी



गाईघाट । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा (एमाले)का प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभएको छ ।

यस्तै, जिल्लाको बेलका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गरेका छन् । बेलकाको प्रमुखमा एमालेका दुर्गाकुमार थापा पाँच हजार ८१८ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेकै राजकुमारी चौधरीले ६ हजार १३१ मत प्राप्त गरेर विजय हुनुभएको निर्वाचन अधिकृत हरि पोखरेलले बताउनुभयो ।

प्रमुख पदमा थापाका प्रतिद्वन्द्वी नेकाका अशोक कार्की पाँच हजार २६६ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा पनि नेकाका दीपा राईले पाँच हजार २८६ मत प्राप्त गर्नुभएको छ । उदयपुर जिल्लाको आठ स्थानीय तहमा चार नगरपालिका र चार गाउँपालिकामध्ये अब नेकपा (एमाले)ले जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरेर ६ स्थानीय तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।

यस्तै, नेकाले जिल्लाको चौदण्डी नगरपालिकामा मात्र विजय हासिल गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले जिल्लाको सुनकोसी गाउँपालिकामा विजय हासिल गरेको छ । अब उदयपुरको आठवटा नै स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्यसमेत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कैलाश ढुंगेल र कृष्ण दाहालको प्यानल बन्दै, सबै पदमा निर्वाचन हुने

      नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अन्ततः सबै

यी हुन् एमाले बागमती प्रदेशका पदाधिकारी उम्मेदवार- अध्यक्षमा ५ जना, अन्यमा कति ?

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ

बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता

प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा