चट्याङ लागेर भेडा मरेका किसानलाई एक लाख ६५ हजार क्षतिपूर्ति



हाम्रो इकोनोमि

म्याग्दी । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत वर्ष साउन ३१ गते गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ९५ वटा भेडा मरेका थिए । चट्याङ लागेर करिब रु नौ लाख बराबरको भेडा मरेपछि ठूलो क्षति व्यहोरेका किसानलाई राहतस्वरुप एकमुष्ट रु एक लाख ६५ हजार क्षतिपूर्ति रकम उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपक्षी विकास मन्त्रालयले पठाएको रु ९० हजार क्षतिपूर्ति रकममा कार्यालयले रु ७५ हजार थप गरी किसानलाई उपलब्ध गराएको हो । सो रकम सामुदायिक खर्क विकास केन्द्रका अध्यक्ष तथा भेडापालक कृषक रामबहादुर छन्त्यालमार्फत किसानलाई उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ ।

सो क्षतिपूर्ति रकमलाई एउटा भेडाबाख्रा मरे बराबर रु एक हजार ७३७ का दरले किसानलाई राहतस्वरुप उपलब्ध गराउने अध्यक्ष छन्त्यालले बताउनुभयो ।

गुर्जामा करिब २० जना किसानले व्यावसायिक रुपमा गर्दै आएको भेडापालनमा अहिले करिब तीन हजारको सङ्ख्यामा भेडा रहेका छन् । गुर्जामा घर–घरमा पालिने भेडालाई बर्खा याममा सामूहिक हिसाबले हिमाली क्षेत्रमा लगेर पालनपोषण गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...