द्वन्द्वमा मारिने र बेपत्ताको संख्या थपिदै



हाम्रो इकोनोमि

काठमाडौँ । माओवादीको सशस्त्र द्वन्द्वको समयमा मृत्यु तथा बेपत्ता हुनेको संख्या अहिले पनि थपिने गरेको छ । कार्यदलपिच्छे थपिने गरेकाले बढ्ने क्रम देखिएको हो । पछिल्लो पटक गठन भएको पाँचौँ कार्यदलसम्म आइपुग्दा मृतक तथा बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ।

यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो। पछिल्लो पटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन्। कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा १ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म मारिएका र बेपत्ता भएकाहरुको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनस्स्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताएका छन् ।

द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन्। घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए। ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ । सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए। द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन नहुने हो तर कार्यदलै पिच्छे फरक फरक आंकडा राख्नाले राज्यलाई व्याभार बढेको छ ।

वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ। सरकारले द्वन्द्वमा मारिएका परिवारलाई १० लाख दिने व्यवस्था गरेको छ । यसअघि ५ लाख लिइसकेका पीडित परिवारले थप ५ लाख रुपैयाँ पाउने भएका छन् । राहतका लागि ८ अर्ब ७१ करोड ६२ लाख १० रुपैयाँ निकासा भइसकेको छ । सरकारले पहिलो किस्तामा एक लाख, दोस्रो किस्तामा दुई लाख र तेस्रो किस्तामा दुई लाख गरी प्रतिव्यक्ति पाँच लाख रुपैयाँ राहत दिइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...