द्वन्द्वमा मारिने र बेपत्ताको संख्या थपिदै



हाम्रो इकोनोमि

काठमाडौँ । माओवादीको सशस्त्र द्वन्द्वको समयमा मृत्यु तथा बेपत्ता हुनेको संख्या अहिले पनि थपिने गरेको छ । कार्यदलपिच्छे थपिने गरेकाले बढ्ने क्रम देखिएको हो । पछिल्लो पटक गठन भएको पाँचौँ कार्यदलसम्म आइपुग्दा मृतक तथा बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ।

यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो। पछिल्लो पटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन्। कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा १ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म मारिएका र बेपत्ता भएकाहरुको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनस्स्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताएका छन् ।

द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन्। घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए। ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ । सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए। द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन नहुने हो तर कार्यदलै पिच्छे फरक फरक आंकडा राख्नाले राज्यलाई व्याभार बढेको छ ।

वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ। सरकारले द्वन्द्वमा मारिएका परिवारलाई १० लाख दिने व्यवस्था गरेको छ । यसअघि ५ लाख लिइसकेका पीडित परिवारले थप ५ लाख रुपैयाँ पाउने भएका छन् । राहतका लागि ८ अर्ब ७१ करोड ६२ लाख १० रुपैयाँ निकासा भइसकेको छ । सरकारले पहिलो किस्तामा एक लाख, दोस्रो किस्तामा दुई लाख र तेस्रो किस्तामा दुई लाख गरी प्रतिव्यक्ति पाँच लाख रुपैयाँ राहत दिइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...