माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ: प्रवक्ता भुसाल



हाम्रो इकोनोमि

नगरकोट । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले बताउनुभएको हो । उहाँले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताउनुभयो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उहाँले तेस्रो चरणको निर्वाचन पनि यही सरकारले तोकिएकै समयमा गर्ने उल्लेख गर्नुभयो ।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएकाले बाँकी निर्वाचनमा राजपाको पनि सहभागिता रहने उहाँको भनाइ छ ।

उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकार कटौती हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...