माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ: प्रवक्ता भुसाल



नगरकोट । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले बताउनुभएको हो । उहाँले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताउनुभयो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उहाँले तेस्रो चरणको निर्वाचन पनि यही सरकारले तोकिएकै समयमा गर्ने उल्लेख गर्नुभयो ।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएकाले बाँकी निर्वाचनमा राजपाको पनि सहभागिता रहने उहाँको भनाइ छ ।

उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकार कटौती हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम