सुन्ना साथ युनिभर्सिटी, गोपालमान लाई किन भयो फिटफिटी ?



गोपालमान श्रेष्ठ कांग्रेसी वृत्तमा मात्र नभए सिंगो राजनीतिमा चिनिएको नाम हो।पटक पटक मंत्री भएका उनले राज्य संयन्त्रलाइ राम्ररी चिनेका छन्।अहिले उपप्रधान सहित शिक्षा मंत्री बनेका उनले एउटा पत्याउनै मुस्किल हुने घटना घटाएका छन् ।

कांग्रेसका पाका नेता र पटक-पटक मन्त्री भइसकेका नेता हुन गोपालमान श्रेष्ठ । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री छन् ।श्रेष्ठ मन्त्री बनेपछि मन्त्रालयका कर्मचारीहरुको व्रिफिङको कार्यक्रम थियो। सबै कर्मचारी संग परिचय सकिए पछी सचिबले मन्त्रालय मातहतका निकायका बारेमा भन्दै गए। त्यो क्रम चलिरहदा सचिवले व्रिफिङ विश्वविद्यालयका नाम भन्दै उपकुलपति र त्यहाँको अवस्थाबारे जानकारी गराउँदै थिए,मन्त्री प्वाक्कै बिचैमा बोले र भने कति धेरै विश्व विद्यालयबारे जानकारी गराएको, नेपालमा कति विश्वविद्यालय छन् ? उनले यति भन्दा कर्मचारी गलल हाँसे,मंत्री रातोपिरो भए।यति हुदा सम्म सचिबले ४ वटा विश्वविद्यालयको मात्र जानकारी गराउदै थिए।

सन्काहा पाराका मन्त्रीको पारा देखेर यी मंत्री संग कसरी काम गर्ने भनेर कर्मचारी कानेखुशी गर्न थाले। श्रेष्ठ तिनै हुन् जसले संसदमा लाइव्रेरी हुन्छ ? भन्दै यस अघी जग हसाइ सकेका छन्। शिक्षा सम्बन्धी नियम र कति विश्वविद्यालय छन् र आफु कहाँ कहाँ को कुलपति छु भन्ने हेक्का नभएकाले के गर्ने हुन् भन्ने हल्ला ब्याप्त छ शिक्षा मन्त्रालयमा। केहि नया काम भन्दा पनि दाम भेला गर्ने नियतले मंत्री भएकालाइ कहाँ बाट कति आउछ भन्ने चासो हुनु ठिकै हो।
बिगतमा मंत्री भन्दा बदनाम भएका उनि यो पटक पनि सदाचारी बन्ने लक्षण नभएको उनलाई जान्ने बुझ्ने हरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय