किन लगाइयो गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी



हाम्रो इकोनोमि

इलाम । इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले वडाध्यक्षको अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग गरेको आन्दोलनरत दलहरूले आरोप लगाएका हुन् ।

राजेन्द्र केरुङको संयोजकत्वमा १५ सदस्यीय गठबन्धन दलहरूको विज्ञप्तिमा भनिएको छ– ‘अल्पसङ्ख्यक जाति भनेको को हो रु निर्वाचित अध्यक्षले बुझ्नुपर्ने’ उल्लेख गरेका छन् । आरोपको स्पष्टिकरण नआउञ्जेलसम्म तालाबन्दी जारी राखिने विज्ञप्तिमा उल्लेखे छ ।

दलगत स्वार्थमा फसेर अधिकारको दुरुपयोग गरी दुई व्यक्तिलाई अल्पसङ्ख्यक वान्तवा हुन् भन्दै प्रमाणित गरेको वडा नं ३ का वडाध्यक्ष नरबहादुर लावतीले भन्नुभयो – “अध्यक्षज्यू दलगत स्वार्थमा फस्नुभयो”, उहाँले भन्नुभयो – “हामीले पाएको अधिकारसमेत हस्तक्षेप भएको छ ।”

गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “आफूले बिनास्वार्थ सिफारिस गरेको हो ।” उहाँले जोड दिनुभयोे, “मैले ठूलो गल्ती गरेको छैन”, अल्पसङ्ख्यक जातिबाटै मैले मनोनीत गरेको हुँ ।”

आन्दोलनरत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च, सङ्घीय समाजवादी फोरम, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायत पाँच दलले आन्दोलन सङ्घर्ष समिति नै गठन गरेर ताला लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...