हेर्नुहोस्, मन्त्रिपरिषद बैठकमा के–के निर्णयहरू भए त ?



हाम्रो इकोनोमि

काठमाण्डौं । बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले न्यायपरिषदका सचिव नकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपाल र अष्ट्रेलिया सरकारबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव शंकरदास बैरागीलाई दिने निर्णय पनि गरेको हो।

नेपाल र अष्ट्रेलिया सरकारबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव वैरागीलाई दिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले चीन सरकारसँग उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्ने अख्तियारी उद्योग सचिव शंकरप्रसाद कोइरालालाई दिएको छ । नेपालको उत्पादनलाई चीनको बजारमा सहज पहुँच पुर्‍याउने गरी नेपाल र चीनबीच उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्न लागिएको हो । समझदारीमा चीनले नेपालको उद्योग क्षेत्रको विकासमा आवश्यक लगानी र प्रविधि भित्रयाउने प्रतिवद्धता पनि व्यक्त गरिएको उद्योग मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...