८ घण्टामा ५०० मत गन्दा प्रतिदिन २३ सय भत्ता, तै पनि गन्ने पाईएन



हाम्रो इकोनोमि

बिराटनगर महानगरको मत गन्ने क्रमले सुस्तता पाए पछि काठमाडौँ बाट अनुभबी गणक बिराटनगर पुगेका छन। मतगणनाको सुस्त गतिले दिक्क भएको क्षेत्रीय निर्वाचन कार्यालयले असार १७ गते नै सार्वजनिक सूचना जारी गरी एउटा लचिलो निर्णय गरेको थियो- मत गन्न जो आए पनि हुने। पत्र पनि नचाहिने। परिचयपत्र मात्र भए पुग्ने। एउटै शर्त- एक सिफ्ट अर्थात् ८ घण्टामा ५ सय थान मत गन्नै पर्ने। गणनामा खटिनेले सरकारको नियमअनुसार १६ सय र थप ७ सय गरी २३ सय रुपैयाँ प्रतिदिन भत्ता पाउँछन्।

अदालत, सरकारी कार्यालयहरु, सरकारी स्वामित्वका संघसंस्थाहरु, बोर्ड र समितिहरुका कर्मचारीमात्र मान्य हुने पनि क्षेत्रीय निर्वाचन कार्यालयको अर्को शर्त थियो। तर शर्त अनुसार काम गर्ने गरि जान कोहि पनि तयार भएनन्।र, काठमाडौँबाट एक दर्जन गणक बिराटनगर पुगेपछि मत गन्ने काम तिब्र भएको छ।अबको साता दिन भित्र मतगणना भइसक्ने निर्वाचन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...