भ्रष्टाचार विरुद्ध जनदवाब कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

काठमाण्डौं । भ्रष्टाचारको विरोधमा जनदवाब कार्यक्रम सम्पन्न भएको छ । योजना, सुशासन र विकास समाज एवं फ्रिल्यान्स यूथ मुभमेण्टको संयुक्त आयोजनामा काठमाण्डौ माईतीघरमा जनदबाव अभियानको आयोजना गरियो ।

उक्त कार्यक्रममा भ्रष्टाचारी चुडामणी शर्मा लगायतका भ्रष्टहरुलाई मृत्युदण्ड सम्मको सजाय दिनुपर्ने माग गर्दै सयौं युवा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

यो अभियानका अभियन्ता रामचन्द्र कडेलले भ्रष्टाचारले नै देश विकासको गतिलाई उल्टो दिशामा लगेको बताउदै अब नागरिक स्तरवाट नै भ्रष्टाचार र भ्रष्टहरुको प्रतिरोध हुनुपर्ने बताउनु भयो । त्यसै गरी अर्का अभियन्ता ई. अनन्तराज घिमिरेले यो अभियानले समाजको चेतना स्तरलाई अझ माथि उठाउ“दै भ्रष्टाचार शून्य समाज बनाउन प्रेरित गर्दै सम्पूर्ण भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने बताउनुभयो ।

नेपाल बिकासको आधार सुशासन र शून्य भ्रष्टाचारको आधार, भ्रष्टाचारी विरुद्ध हामी नेपाली मौन किन रु, चालीस लाख स्वेदेशी विदेशमा, भ्रष्टाचारीलाई मस्ती स्वदेशमा जस्ता नाराका प्लेकार्ड बोकेका सहभागीहरु भ्रष्टाचार विरुद्धको लडाईमा थप प्रतिवद्ध हुनुपर्ने माग राख्दै आगामी दिनमा समेत यस्तो अभियान हरेक क्षेत्रमा व्यापक रुपमा लैजाने सबै सहभागीहरुको माग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...