लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ



हाम्रो इकोनोमि

काठमाण्डौँ । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।

सप्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख ५३१४ नंको बसमा झोलाभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा सिरहा लहानका १७ वर्षीय सन्तोष पासवान र २० वर्षीय अर्जुन महतोलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

यस्तै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सोलुखुम्बुका ३३ वर्षीय राजेन्द्र राउत र काभ्रेपलाञ्चोकका २३ वर्षीय गणेश गिरीलाई गौशालाबाट पक्राउ गरेको छ ।

पासवान र महतोको साथबाट ५० एम्पुल डाइजेल्याब, ५० एम्पुल नुर्फिन, ५१ एम्पुल फेनार्गन र ५८ ट्याबलेट नाइट्राजेपाम बरामद गरिएको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले दिनुभयो ।

घटनासम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...