४६ तहमा मतगणना जारी, चारमा स्थगित



हाम्रो इकोनोमि

काठमाण्डौँ । दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ ।

यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का १०९, प्रदेश नं ५ का ९४ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।

आज अपराह्न ३.३० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले) एक हजार १२४, नेपाली काँग्रेस १०७, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम नेपाल छ , मधेसी जनअधिकार फोरम नेपाल पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार एक स्थानीय तहका प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १४५, काँग्रेस ९१, माओवादी केन्द्र ३६, फोरम पाँच, नेपाल लोकतान्त्रिक फोरम तीन तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

हाल १० जिल्लाका ४६ स्थानीय तहमा मतगणना भइरहेको छ भने चार स्थानीय तहमा मतगणना स्थगन भएको छ । धरान नगरपालिका– ९ को मतगणना समाप्त भएपछि जोड्ने क्रममा विवाद भएको तथा झापाको अर्जुनधारा– २ मा एक थान पत्र नपुगेकामा विवाद भई मतगणना रोकिएको जनाइएको छ ।

त्यस्तै उदयपुरको बेलका नगरपालिकामा खसेको मत सङ्ख्याभन्दा तीन मत बढी भएको तथा कञ्चनपुरको पुनर्वास नगरपालिका– १ मा उप्रमुखको खसेको मतभन्दा ११२ मत बढी भएका कारण विवाद उत्पन्न भई मतगणना स्थगन भएकामा सर्वदलीय बैठकबाट सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ । दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...