नेपाली कारागारमा सबैभन्दा धेरै भुटानी



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली तीन छन् ।

यसैगरी भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलङ्का, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, फिलिपिन्स, स्वीडेन, रुस, सिङ्गापुरलगायत मुलकका कैदी छन् । तीमध्ये छ कैदीबन्दीको ठेगाना खुलेको छैन ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले चोरी, लागुऔषध, बैङ्किङ कसुर, किर्ते नागरिकता, बिना प्रवेशाज्ञा, कर्तव्य ज्यान, खोटा चलनलगायत अपराधमा विदेशीलाई कारागारमा राखिएको बताउनुभयो ।

नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये ३८ झापा कारागार, २१ भुम्का कारागार सुनसरी, ६१ नख्खु कारागार ललितपुर, १० मोरङ कारागार, ७४ केन्द्रीय कारागार, १२ डिल्लीबजार कारागार तथा एक एक रामेछाप, इलाम र धादिङ कारागारमा राखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...