नेपाली कारागारमा सबैभन्दा धेरै भुटानी



काठमाडौँ । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली तीन छन् ।

यसैगरी भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलङ्का, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, फिलिपिन्स, स्वीडेन, रुस, सिङ्गापुरलगायत मुलकका कैदी छन् । तीमध्ये छ कैदीबन्दीको ठेगाना खुलेको छैन ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले चोरी, लागुऔषध, बैङ्किङ कसुर, किर्ते नागरिकता, बिना प्रवेशाज्ञा, कर्तव्य ज्यान, खोटा चलनलगायत अपराधमा विदेशीलाई कारागारमा राखिएको बताउनुभयो ।

नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये ३८ झापा कारागार, २१ भुम्का कारागार सुनसरी, ६१ नख्खु कारागार ललितपुर, १० मोरङ कारागार, ७४ केन्द्रीय कारागार, १२ डिल्लीबजार कारागार तथा एक एक रामेछाप, इलाम र धादिङ कारागारमा राखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्