सूर्योदयमा एमाले विजयी



हाम्रो इकोनोमि

इलाम । सूर्योदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमलाल चाम्लिङले १० हजार ३२९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकै दुर्गा भट्टराई १२ हजार ८९० मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी वन्दना अधिकारीले नौ हजार ९९७ मत प्राप्त गर्नुभयो ।

यससँगै यहाँका १० वटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये इलाम, माई, देउमाई नगरपालिका र सूर्योदय नगरपालिका तथा सन्दकपुर, माई जोगमाई र चुलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले तथा रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसले विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...