सुनसरीः चार तहमा काँग्रेस विजयी



हाम्रो इकोनोमि

इटहरी । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नतिजाअनुसार दुई नगरपालिका र दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।

सोअनुसार इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुखका बाजी मारेका छन् । रामधुनी नगरपालिका प्रमुखमा पनि काँग्रेसका उम्मेदवार तथा उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित्नुभएको छ । दुवै नगरपालिकाको मतगणनाको नतिजा भने सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा रहेको देवानगन्ज गाउँपालिकामा काँग्रेसका गफ्फार अन्सारी पाँच हजार ६५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै रिमझिमकुमारी भगत पाँच हजार ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमकै सुनितादेवी मेहताले दुई हजार ९७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै गढी गाउँपालिकामा पनि काँग्रेसकै श्रीप्रसाद यादव पाँच हजार ५२ मत प्राप्त गरी अध्यक्षमा तथा उपप्रमुखमा राजकुमारी चौधरी चार हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका वीरनारायण चौधरीले चार हजार ६४ र लालो थरुनीले तीन हजार ६५५ मत प्राप्त गर्नुभएको छ ।

इटहरी उपमहानगरपालिकाको मतगणनाको पछिल्लो नतिजानुसार एमालेका प्रमुखका उम्मेदवार द्वारिकालाल चौधरीले ११ हजार २७४ र उपप्रमुखका उम्मेदवार लक्ष्मी गौतमले १० हजार ८०९ मत प्राप्त गरी अग्रता कायम गरिरहनुभएको छ । काँग्रेसका प्रमुख पदका उम्मेदवार रोहित प्रसार्इंले १० हजार ५७८ र उपप्रमुखका उम्मेदवार विमला ढकालले नौ हजार ९७६ मत प्राप्त गरी पच्छ्याइरहनु भएको छ । अहिले उपमहानगरपालिकाका वडा नं २, ४, ५, ६, १६ र १७ को मतगणना जारी छ ।

यता धरानमा भने वडा नं ९ को मतगणना भइरहँदा राति झरेको मतभन्दा केही मतपत्र बढी भएको भन्दै नेकपा(माओवादी केन्द्र)का प्रतिनिधिले विरोध जनाउँदै मतगणना रोकेपछि धरानमा रातिदेखि नै मतगणना स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...