सुनसरीः चार तहमा काँग्रेस विजयी



इटहरी । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नतिजाअनुसार दुई नगरपालिका र दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।

सोअनुसार इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुखका बाजी मारेका छन् । रामधुनी नगरपालिका प्रमुखमा पनि काँग्रेसका उम्मेदवार तथा उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित्नुभएको छ । दुवै नगरपालिकाको मतगणनाको नतिजा भने सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा रहेको देवानगन्ज गाउँपालिकामा काँग्रेसका गफ्फार अन्सारी पाँच हजार ६५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै रिमझिमकुमारी भगत पाँच हजार ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमकै सुनितादेवी मेहताले दुई हजार ९७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै गढी गाउँपालिकामा पनि काँग्रेसकै श्रीप्रसाद यादव पाँच हजार ५२ मत प्राप्त गरी अध्यक्षमा तथा उपप्रमुखमा राजकुमारी चौधरी चार हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका वीरनारायण चौधरीले चार हजार ६४ र लालो थरुनीले तीन हजार ६५५ मत प्राप्त गर्नुभएको छ ।

इटहरी उपमहानगरपालिकाको मतगणनाको पछिल्लो नतिजानुसार एमालेका प्रमुखका उम्मेदवार द्वारिकालाल चौधरीले ११ हजार २७४ र उपप्रमुखका उम्मेदवार लक्ष्मी गौतमले १० हजार ८०९ मत प्राप्त गरी अग्रता कायम गरिरहनुभएको छ । काँग्रेसका प्रमुख पदका उम्मेदवार रोहित प्रसार्इंले १० हजार ५७८ र उपप्रमुखका उम्मेदवार विमला ढकालले नौ हजार ९७६ मत प्राप्त गरी पच्छ्याइरहनु भएको छ । अहिले उपमहानगरपालिकाका वडा नं २, ४, ५, ६, १६ र १७ को मतगणना जारी छ ।

यता धरानमा भने वडा नं ९ को मतगणना भइरहँदा राति झरेको मतभन्दा केही मतपत्र बढी भएको भन्दै नेकपा(माओवादी केन्द्र)का प्रतिनिधिले विरोध जनाउँदै मतगणना रोकेपछि धरानमा रातिदेखि नै मतगणना स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले बागमती अघिवेशन : एक हजार ८० जना प्रतिनिधि हुने

    नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा आवासको ब्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने

ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने संकेत, उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमति प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेललाई संस्थागत रुपमा अघि

एमाले बागमती उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमती प्रदेशको असोज ८ र ९ गते पहिलो अधिवेशन

शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको