एउटै विद्यालयमा रु १२ लाखभन्दा बढीका चौधवटा अक्षयकोष



हाम्रो इकोनोमि

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विभिन्न महानुभावले रु १२ लाख, ५३ हजार ६९ का १४ वटा अक्षयकोष स्थापना गरेका छन् ।

मातापिताको सु–स्वास्थ्य र दीर्घायु, श्रीमतीको जन्मदिन, मातापिताको स्मृति र अल्पायुमै मृत्यु भएका आफ्ना परिवारको स्मृतिमा ती अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिनुभयो ।

अक्षयकोषबाट आउने ब्याजले विद्यालयको वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार र कठिन अवस्थाका विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।
सो विद्यालयमा वीरेन्द्रबहादुर हमालले रु एक लाख ५५ हजार, डा झलकबहादुर कार्कीले रु एक लाख २५ हजार १२५, डिल्लीराम पराजुलीले रु एक लाख ११ हजार १११, पद्मकुमारी शर्माले रु एक लाख दुई हजार ५००, हेरम्वप्रसाद कोइराला र टुमलाल अधिकारीले जनही रु एक लाख एक हजार १११को अक्षयकोष स्थापना गरिदिनुभएको हो ।

त्यस्तै दीपक कोइरालाले रु एक लाख १११, ईश्वरी कोइराला, भीमनाथ बराल, डा हरिप्रसाद कोइराला, गणेश तिमिल्सिना–पुण्य तिमिल्सिनाले जनही रु एक÷एक लाख, नेत्रपाणि अधिकारीले रु ५७ हजार १११ र दीनबन्धु कोइरालाले रु ५० हजारको छुट्टाछुट्टै अक्षयकोष स्थापना गरिदिनुभएको प्रधानाध्यापक बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...