प्रशान्त तामाङलाइ प्रहरीले गर्यो कारबाही,जागिरबाटै लखेटिए



हाम्रो इकोनोमि

पूर्व इन्डियन आइडल प्रशान्त तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ ।गायक एवं अभिनेताको फराकिलो परिचय बनाएका उनी कलकत्ता पुलिसमा जवान पदमा कार्यरत थिए। तामाङलाइ इन्डियन आइडल भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको हो । सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खवर छापेको छ । तामाङ सन् २००९ देखि २०१४ सम्म १ हजार ८ सय ७० दिन गयल भएको समाचारमा उल्लेख छ ।

पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको हो । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भर्ति पाएका थिए ।इन्डियन आइडल भएपछि तामाङ भारत, नेपाल तथा नेपालीभाषी समुदायका स्टेज कार्यक्रममा सहभागी हुन थालेका थिए भने उनले नेपालमा बिभिन्न फिल्ममा अभिनय पनि गरेका छन् । उनले अभिनय गरेको गोर्खापल्टन फिल्मले राम्रो सफलता पाएको थियो । नेपाली भाषी भारतीय माझ चर्चित उनी आफ्नै कारणले अपमानजनक तवरले निकालिएका छन । त्यहाको प्रहरीले उनलाई गोर्खाल्याण्डको मुद्धामा होमिएको आरोप समेत लगाएको छन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...