भोजपुरमा काँग्रेस र एमाले चार-चार तहमा विजयी



हाम्रो इकोनोमि

भोजपुर । जिल्लाको कुल नौवटा स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा (एमाले)ले चार(चार वटा स्थानीय तह तथा नेकपा (माओवादी केन्द्र) एउटा तहमा विजयी भएको छ ।

काँग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएको छ । काँग्रेस षडानन्द र भोजपुर नगरपालिका तथा अरुण र साल्पासिलिछो गाउँपालिकामा विजयी भयो भने एमाले ट्याम्केमयुङ, हतुवागढी, पौवाजुम्बा र रामप्रसाद राई गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्र आमचोक गाउँपालिकामा विजयी भएको छ ।

षडानन्दको प्रमुखमा काँग्रेस विजयी 

षडानन्द नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ । नगर प्रमुखमा वीरबल राई चार हजार ९८६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकठतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुरेन्द्र उदासले चार हजार ६९४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मेरिका राई चार हजार ६९७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता श्रेष्ठले चार हजार ४१३ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...