भोजपुरमा काँग्रेस र एमाले चार-चार तहमा विजयी



भोजपुर । जिल्लाको कुल नौवटा स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा (एमाले)ले चार(चार वटा स्थानीय तह तथा नेकपा (माओवादी केन्द्र) एउटा तहमा विजयी भएको छ ।

काँग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएको छ । काँग्रेस षडानन्द र भोजपुर नगरपालिका तथा अरुण र साल्पासिलिछो गाउँपालिकामा विजयी भयो भने एमाले ट्याम्केमयुङ, हतुवागढी, पौवाजुम्बा र रामप्रसाद राई गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्र आमचोक गाउँपालिकामा विजयी भएको छ ।

षडानन्दको प्रमुखमा काँग्रेस विजयी 

षडानन्द नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ । नगर प्रमुखमा वीरबल राई चार हजार ९८६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकठतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुरेन्द्र उदासले चार हजार ६९४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मेरिका राई चार हजार ६९७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता श्रेष्ठले चार हजार ४१३ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम