बाजुरामा छवटा तहमा काँग्रेस, तीनमा एमाले



हाम्रो इकोनोमि

बाजुरा । जिल्लामा कुल नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली काँग्रेस र तीनवटामा नेकपा (एमाले) विजयी भएको छ ।

काँग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ । काँग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ ।

जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा काँग्रेस, ३२ वडाध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी तीन हजार ३३६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले तीन हजार १८७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३०८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रीता सिंहले तीन हजार १८० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...