मुसहर बस्तीको व्यवस्थापन कार्य सुरु



काठमाण्डौं । चितवनको रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारीस्थित मुसहरबस्तीेको व्यवस्थापन कार्य सुरु भएको छ ।

रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहरी गरिब सहयोग कोषमार्फत बस्ती व्यवस्थापन कार्य सुरु गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

स–परिवार एउटै कोठामा कष्ट सहेर बस्नुपर्ने बाध्यता रहेको मुसहर समुदायको बस्तीमा अहिले धमाधम नयाँ घर बन्दै छ । कतिपय नयाँ घरमा सरिसकेका छन् भने कतिपयको घर निर्माण तीव्र भइरहेको रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्यले बताउनुभयो ।

नगरपालिकाको रु ३० लाख र लुमन्तीकोे रु ३० लाख गरी कुल रु ६० लाखको लागतमा यहाँ सहरी गरिब सहयोग कोषमार्फत घर निर्माण कार्य सुरु गरिएको हो ।

सोही कोषको रकमबाट ऋण अनुदानमा उनीहरुको घर बन्न थालेको आचार्य बताउनुहुन्छ । यहाँ बसोबास गरिरहेका मुसहर र माझी समुदायका लागि २२ घरको निर्माणको काम चलिरहेको छ । तीमध्ये आठवटा घरको निर्माण कार्य सम्पन्न भइसकेको र अन्य घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मुसहर समुदायका लागि निर्माण हुने सो घरमा दुई वा तीन कोठा छन् ।

रु दुई लाख ऋण लिएका मुसहरले रु १२ लाखसम्मको लागतमा घर निर्माण गरेका छन् । कसैले रु दुई लाखकै पैसामा पुराना काठपात प्रयोग गरेर घर निर्माण गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले बताउनुभयो ।

उनीहरुले लिएको ऋण मासिक किस्तामा तिर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट सहयोग पाएर घर बनाउन पाउँदा खुसी भएको स्थानीय बास्मती मुसहरको भनाइ छ । चित्रसेन मध्यवर्ती सामुदायिक वनले उनीहरुका लागि शौचालय निर्माणमा केही रकम सहयोग गरेको छ ।

पानी जम्ने उनीहरुको बस्तीमा अहिले ग्राभेल हालेर सडक व्यवस्थापनको कामसमेत भएकाले अब भने सहज हुने स्थानीय बलिराम मुसहरले बताउनुभयो । मासिक रु पाँच हजारका दरले चार वर्षमा पैसा तिर्दा उनीहरुले तिर्नुपर्ने किस्ता सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि