मुसहर बस्तीको व्यवस्थापन कार्य सुरु



हाम्रो इकोनोमि

काठमाण्डौं । चितवनको रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारीस्थित मुसहरबस्तीेको व्यवस्थापन कार्य सुरु भएको छ ।

रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहरी गरिब सहयोग कोषमार्फत बस्ती व्यवस्थापन कार्य सुरु गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

स–परिवार एउटै कोठामा कष्ट सहेर बस्नुपर्ने बाध्यता रहेको मुसहर समुदायको बस्तीमा अहिले धमाधम नयाँ घर बन्दै छ । कतिपय नयाँ घरमा सरिसकेका छन् भने कतिपयको घर निर्माण तीव्र भइरहेको रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्यले बताउनुभयो ।

नगरपालिकाको रु ३० लाख र लुमन्तीकोे रु ३० लाख गरी कुल रु ६० लाखको लागतमा यहाँ सहरी गरिब सहयोग कोषमार्फत घर निर्माण कार्य सुरु गरिएको हो ।

सोही कोषको रकमबाट ऋण अनुदानमा उनीहरुको घर बन्न थालेको आचार्य बताउनुहुन्छ । यहाँ बसोबास गरिरहेका मुसहर र माझी समुदायका लागि २२ घरको निर्माणको काम चलिरहेको छ । तीमध्ये आठवटा घरको निर्माण कार्य सम्पन्न भइसकेको र अन्य घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मुसहर समुदायका लागि निर्माण हुने सो घरमा दुई वा तीन कोठा छन् ।

रु दुई लाख ऋण लिएका मुसहरले रु १२ लाखसम्मको लागतमा घर निर्माण गरेका छन् । कसैले रु दुई लाखकै पैसामा पुराना काठपात प्रयोग गरेर घर निर्माण गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले बताउनुभयो ।

उनीहरुले लिएको ऋण मासिक किस्तामा तिर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट सहयोग पाएर घर बनाउन पाउँदा खुसी भएको स्थानीय बास्मती मुसहरको भनाइ छ । चित्रसेन मध्यवर्ती सामुदायिक वनले उनीहरुका लागि शौचालय निर्माणमा केही रकम सहयोग गरेको छ ।

पानी जम्ने उनीहरुको बस्तीमा अहिले ग्राभेल हालेर सडक व्यवस्थापनको कामसमेत भएकाले अब भने सहज हुने स्थानीय बलिराम मुसहरले बताउनुभयो । मासिक रु पाँच हजारका दरले चार वर्षमा पैसा तिर्दा उनीहरुले तिर्नुपर्ने किस्ता सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...