एनप्याब्सनद्धारा छ सय पाँच विद्यार्थी सम्मानित



हाम्रो इकोनोमि

काठमाण्डौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६०५ विद्यार्थीलाई सम्मान गरेको छ ।

एनप्याब्सन भक्तपुरले आइतबार आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रमको अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६०५ विद्यार्थीलाई सम्मान गरिएको हो । एनप्याब्सन भक्तपुरले २०७२ र ०७३ सालमा एसईई परीक्षा उत्तीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित भएका हुन् ।

एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मानित गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गर्नुभयो । जीवी खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई परीक्षाअन्तर्गत २०७२ साल उत्कृष्ट नतिजा ल्याउन सफल डेमोस स्कुलबाट छात्रतर्फ हिमाल थिङ र छात्रातर्फ पारागण एकेडेमीका सुस्मिता तामाङ र विपना ओझा खत्री सम्मानित हुनुभएको थियो ।

त्यसैगरी ०७३ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ पारगण एकेडेमीका प्रविण थापामगर र छात्रातर्फ विमल मेमोरियल स्कुलका अनुजा राउत सम्मानित हुनुभएको थियो । एसईई परीक्षामा ३ दशमलव २ जिपिएभन्दा माथि ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा एनप्याब्सन भक्तपुरका सल्लाहकार राजेन्द्र कोजू, एमनेस्टी इन्टरनेसनलका विक्रम ढुकुछु, संस्थागत विद्यालय सङ्घ नेपाल भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, मोर्डन माविका प्रअ अनिल कसपाललगायतले विद्यार्थीका लागि मार्गनिर्देशनको आवश्यकता औँल्याउँदै विद्यार्थी समयमै सचेत नहुँदा जीवनभर पछुताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...