रामपुर नगरपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी हुनुभएको छ ।

थापाले आठ हजार ८८५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै काँग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले आठ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गर्नुभएको हो ।

रामपुर नगरपालिकामा १० वटा वडामध्ये छ वटा वडामा नेपाली काँग्रेस र चार वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । बाइस हजार १०९ मतदातामध्ये १७ हजार २३३ मत खसेको थियो ।

वडा नं. २, ४, ५, ६, ७ र ८ मा काँग्रेस विजयी

वडा नं २ का वडाध्यक्षमा काँग्रेसका ताराबहादुर थापाले ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले ३२७ मत प्राप्त गर्नुभयो ।

वडा नं ४ को वडाध्यक्षमा काँग्रेसका एकबहादुर नेपालीले ९८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लुकबहादुर वीरकट्टाले ८०७ मत ल्याउनुुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...