प्यूठानमा काँग्रेस र एमाले तीन-तीन, राजमो दुई तहमा विजयी



हाम्रो इकोनोमि

प्यूठान । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) तीन-तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ ।

काँग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको छ ।

गौमुखी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका विष्णुकुमार गिरी तीन हजार ७४२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार विधुर मल्लले दुई हजार ५७४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी तुल्सी सुनार तीन हजार ९० मतसहित विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानुमाया केसीले दुई हजार ६२७ मत प्राप्त गर्नुभयो ।

यस्तै नौबहिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शिव रिजाल पाँच हजार ७३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार डिलाबहादुर थापाले चार हजार ७७५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्र र काँग्रेसका संयुक्त उम्मेदवार घनबहादुर बुढाले पाँच हजार २०५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार रामबहादुर केसीले तीन हजार ७२५ मत प्राप्त गर्नुभयो ।

यसैगरी ऐरावती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नविलविक्रम शाह दुई हजार ४९० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार टिकाबहादुर गुरुङले दुई हजार ४७४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर वस्नेत दुई हजार १९९ मत ल्याई विजयी हुनुभयो । वस्नेतले निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी जलजला थापालाई पराजित गर्नुभयो ।

यसैगरी स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखमा एमालेका नेत्रबहादुर रोकाय चार हजार ५९८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार वीरबहादुर पुनले तीन हजार ६४५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी गोमा रेग्मी चार हजार ४५८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा रेग्मीले तीन हजार ३७० मत प्राप्त गर्नुभयो ।

माण्डवी गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीधर रोकाय एक हजार ७५३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज अधिकारीले एक हजार ७४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकी मुगा पुन एक हजार ८३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना घर्तीले एक हजार ७६९ मत प्राप्त गर्नुभयो ।

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर बिश्वकर्मा तीन हजार ६७७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोरबहादुर दर्लामी मगरले दुई हजार २४१ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकी मीना सोमै तीन हजार ६८० मत ल्याई विजयी हुनुभयो । उहाँले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्नुभयो ।

यस्तै झिमरुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जिसी तीन हजार ६६० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पितबहादुर एमसीले दुई हजार ७८२ मत ल्याउनुभयो । उपाध्यक्षमा राजमोकी पवित्रा जिसी तीन हजार ७७९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा जिसीले दुई हजार ५२६ मत प्राप्त गर्नुभयो ।

मल्लरानी गाउँपालिकाको अध्यक्षमा राजमोका अम्मरध्वज राना विजयी भए । उहाँले एमालेका इमानसिंह भारतीलाई पराजित गर्नुभयो । उपाध्यक्षमा राजमोकै सरीता जिसी विजयी हुनुभयो । उहाँले एमालेकी सरस्वती पोखरेललाई पराजित गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...