ओली र महन्थको वार्ता भएको थाहा पाए लगत्तै किन भेटे प्रचण्डले देउवालाई ?



दोस्रो चरणको स्थानीय तहको निर्वाचनको धमाधम मतपरिणाम सार्वजनिक भैरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आन्तरिक छलफलमा जुटेका छन् । सरकार बिस्तार लगायतका बिषयमा कुराकानी गर्न र अन्य राजनीतिक बिषयमा छलफल हुने बुझिएको छ।

असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधनको लागि एक पटक पहल गर्नेगरि कांग्रेस र माओवादी केन्द्र आन्तरिक तयारीमा जुटेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरवीच आज टेलिफोनवार्ता भएको छ। एमाले अध्यक्ष ओलीले ठाकुरलाई संविधान संशोधन भए चुनावमा राजपा आउने वा नआउने के हो भन्दै चुनावमा सहभागिताको लागि सुनिश्चितता खोजेको थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संविधान संशोधनको लागि आफ्नो पार्टी नरम रहेको संकेत गर्दै असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताको शतप्रतिशत सुनिश्चितता खोजेका थिए ।ओलीले आफ्नो पार्टी एमालेबिना संविधान संशोधन पारित हुनै नसक्ने जिकिर समेत गरेका थिए । ओली र ठाकुर बीच सम्बाद भएको थाहा पाए पछि प्रचण्ड र देउवा छलफलमा जुटेका हुन्।

 

सत्तारुढ दलले संशोधनमा सहयोग पुर्याउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई यसअघि पनि पटक पटक आग्रह गर्दै आएको छ । तर, एमालेले अहिलेसम्मपनि यसबारेमा कुनै सहमति जनाएको छैन । तर यो पटक सत्तारुढ दलले तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपुर्व नै अन्तिम पटक एमालेलाई आग्रह गर्ने सोच बनाएका छन् ।

यदि एमाले आएन भने पनि उबिनै दुई तिहाई जुटाउन पहल गर्ने प्रधानमन्त्री देउवाको भित्री तयारी रहेको छ । त्यस्तै सरकारले अब हुने निर्वाचनको लागि क्यालेण्डरपनि सार्वजनिक गर्ने तयारी गरेको छ । जसअनुसार असोज १५ देखि २५ सम्म प्रदेशको, दशैंपछि राष्ट्रिय सभाको र मंसिरमा केन्द्रिय संसदको चुनाव गर्ने सरकारको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय