शान्तिनगर र यशोधरा गाउँपालिकामा काँग्रेस विजयी



तुलसीपुर(दाङ) । शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

काँग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसका मिथिला शाह तीन हजार ६३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी खुमा पाण्डेले दुई हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।

यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कपिलवस्तुको यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
मतगणनाको अन्तिम मतपरिणामअनुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उहाँका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकट प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा

एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान

      नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित

एमाले बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री