पुर्चौडी नगरपालिकामा माओवादी विजयी



हाम्रो इकोनोमि

बैतडी । पुर्चौडी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगर प्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिपक बमले चार हजार १११ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम चार हजार ९८४ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी साउदले तीन हजार ७८७ मत प्राप्त गर्नुभयो ।

पुर्चौडी नगरपालिकाको १० वटा वडा मध्ये ६ वडाध्यक्षमा काँग्रेस, तीनमा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएको छ । काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा गणेश गडाल, २ मा चक्रबहादुर बम, ७ मा रामबहादुर ऐरी र ८ मा जनक विष्ट विजयी भए भने एमालेबाट वडा नं ४ मा गौतम भट्ट, ६ मा जगी साउद र १० मा जीतबहादुर विष्ट निर्वाचित भए । माओवादी केन्द्रबाट वडा नं ३ मा दलबहादुर धामी, ५ मा नागी खडायत र ९ मा रम्बा बोहरा विजयी भए ।

बैतडीका कुल १० वटा स्थानीय तह मध्ये काँग्रेस ६ वटामा, एमाले तीन तथा माओवादी केन्द्र एउटामा विजयी भयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...