पहिरामा पुरिएर एकको मृत्यु, पाँच बेपत्ता



हाम्रो इकोनोमि

प्युठान । बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती गए रातिदेखि बेपत्ता भएकामा केही समय पहिला मात्रै मृतावस्थामा फेला पर्नुभएको छ । स्थानीयवासी शेरबहादुर घर्तीको घर पुरिएर किशोरी बेपत्ता भएको रजवाराका स्थानीयवासी जोगेन्द्र मल्लले जानकारी दिनुभयोे ।

पहिरामा पुरिएका दुई जनाको उद्धार गरिएको छ । नौबहिनी गाउँपालिकाको लिघास्थित कुर्तिवाङमा गोठमा बसिरहेका बेला पहिरो आउँदा दुई बेपत्ता भएका हुन् । गए रातिदेखि त्यस क्षेत्रमा विद्युत् र सञ्चारक्षेत्रविच्छेद भएकाले विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको प्रजिअ यदुनाथ पौडेलले जानकारी गराउनुभयो । वर्षात्सँगै जिल्लाका अधिकांश बासिन्दा त्रसित भएका छन् । गत वर्षको बाढीपहिराले विस्थापितहरुको हालसम्म व्यवस्थापन हुन सकेको छैन ।

फलेवास (पर्वत) – महाशिला गाउँपालिका– १ होस्राङ्दीमा गए राति वर्षासँगै आएको पहिराले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
साबिकको होस्राङदी गाविस– १ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिराले पुरिएको हो । घर पुरिँदा मल्ल र उनकी आमा ८० वर्षीया बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारी बेपत्ता भएको महाशिलाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । घर माथिबाट आएको पहिराले घर र गोठ पूरै पुरिएको हो ।

बेपत्ता भएकाको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ राजेश पन्थीले जानकारी दिनुभयो । पहिराले सोही ठाउँका तिलबहादुर मल्लको गोठसमेत पुरिएको छ । वर्षाबाट विभिन्न ठाउँको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...