पहिरामा पुरिएर एकको मृत्यु, पाँच बेपत्ता



प्युठान । बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती गए रातिदेखि बेपत्ता भएकामा केही समय पहिला मात्रै मृतावस्थामा फेला पर्नुभएको छ । स्थानीयवासी शेरबहादुर घर्तीको घर पुरिएर किशोरी बेपत्ता भएको रजवाराका स्थानीयवासी जोगेन्द्र मल्लले जानकारी दिनुभयोे ।

पहिरामा पुरिएका दुई जनाको उद्धार गरिएको छ । नौबहिनी गाउँपालिकाको लिघास्थित कुर्तिवाङमा गोठमा बसिरहेका बेला पहिरो आउँदा दुई बेपत्ता भएका हुन् । गए रातिदेखि त्यस क्षेत्रमा विद्युत् र सञ्चारक्षेत्रविच्छेद भएकाले विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको प्रजिअ यदुनाथ पौडेलले जानकारी गराउनुभयो । वर्षात्सँगै जिल्लाका अधिकांश बासिन्दा त्रसित भएका छन् । गत वर्षको बाढीपहिराले विस्थापितहरुको हालसम्म व्यवस्थापन हुन सकेको छैन ।

फलेवास (पर्वत) – महाशिला गाउँपालिका– १ होस्राङ्दीमा गए राति वर्षासँगै आएको पहिराले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
साबिकको होस्राङदी गाविस– १ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिराले पुरिएको हो । घर पुरिँदा मल्ल र उनकी आमा ८० वर्षीया बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारी बेपत्ता भएको महाशिलाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । घर माथिबाट आएको पहिराले घर र गोठ पूरै पुरिएको हो ।

बेपत्ता भएकाको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ राजेश पन्थीले जानकारी दिनुभयो । पहिराले सोही ठाउँका तिलबहादुर मल्लको गोठसमेत पुरिएको छ । वर्षाबाट विभिन्न ठाउँको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्