निःशुल्क काठ पाउने भ्रममा ३० हजार आवेदन



हाम्रो इकोनोमि

बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले घर बनाउन भन्दै ३० हजार भूकम्प पीडितले जिल्ला वन कार्यालय आवेदन दिएका छन् ।

सालको काठ निःशुल्क पाउने भ्रममा ३० हजार आवेदन कार्यालयमा चाङ लागेको र अन्य थप निवेदन पनि दर्ता हुने क्रममा रहेको जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले जानकारी दिनुभयो ।

निःशुल्क सालको काठ पाउने भन्ने भ्रममा भूकम्पपीडित छन् तर उनीहरुले निःशुल्क नपाउने उहाँले जानकारी दिनुभयो ।

भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकमा १० हजार क्युफिट काठ आवश्यक भएकाले वन विभागलाई पत्राचार भएको जानकारी दिँदै वन अधिकृत खनालले दसैँ आसपासमा ती काठ तराईका जिल्लाबाट पैठारी गरेर वितरण गरिने बताउनुभयो ।

घर बनाएको नक्सा पास, लालपुर्जा, तिरो तिरेको रसिद, वास्तविक भूकम्पपीडित भएको परिचयपत्र र सामुदायिक वनको सिफारिस पत्रलगायतका कागजात माग गरेका छौँ, छानबिन गरेर वितरण गर्छौं – उहाँले भन्नुभयो । सालको काठ काठमाडौँमा प्रतिक्युफिट रु छ हजार ५०० पर्छ तर बजार मूल्यभन्दा सस्तोमा उपभोक्तालाई काठ वितरण हुन्छ ।

यसैबीच जिल्ला वन कार्यालयले धोबीखोला सामुदायिक वनमा रहेको धुलिखेल हाई रिसोर्ट र गौखुरेश्वर सामुदायिक वनमा रहेको हजार सिढी रेस्टुरेन्टले वन अतिक्रमण गरेको भन्दै हटाएको छ ।

त्यस्तै नगरकोटमा पनि भएको वन अतिक्रमण हटाउन भक्तपुर र काभ्रेपलाञ्चोकको समन्वय बैठक राख्ने तयारी भएको अधिकृत खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
मिडिया हाउसको गेटमा बेवारिसे गाडी आतंक, कारबाही गर्न माग

    काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक...

सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...