लागुऔषध चरेसका मुख्य कारोबारी पक्राउ



हाम्रो इकोनोमि

चितवन । गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका – ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत लैजाँदै गर्दा यही असार १५ गते प्रहरीले पक्राउ गरेको हो । सो चरेस धादिङबाट ल्याइएको थियो ।

चरेस बरामद भएकै दिन चालक मोजहर मन्सुर र सहचालक अजयकुमार रामलाई प्रहरीले पक्राउ गरेको थियो । अट्ठाइस वर्षीय मन्सुर बारा जिल्लाको जितपुर सिमरा नगरपालिका–२३ का र १९ वर्षीय कुमार राम बारा प्रस्टोका–४ का हुन् । दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३२ अन्तर्गत कारबाही गरिने थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...