मोहन्याल र मादीमा एमाले विजयी



धनगढी । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा एमालेका नवलसिं रावलले एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढाले दुई हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का प्रत्यासी हुनुहुन्थ्यो ।

७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडाध्यक्षमा नेपाली काँग्रेसका सन्तोष मुडभरी र वडा नं १८का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी हुनुभएको छ । यस्तै वडा नं १९का वडाध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी हुनुभएको छ ।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गर्नुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहनुभएको छ । एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटाले तीन हजार ५७८ मतले पछ्याइरहनुभएको छ । कैलालीको लम्की चुहानगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन् ।

मादीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले) प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कैलाश ढुंगेल र कृष्ण दाहालको प्यानल बन्दै, सबै पदमा निर्वाचन हुने

      नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अन्ततः सबै

यी हुन् एमाले बागमती प्रदेशका पदाधिकारी उम्मेदवार- अध्यक्षमा ५ जना, अन्यमा कति ?

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ

बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता

प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा