मोहन्याल र मादीमा एमाले विजयी



हाम्रो इकोनोमि

धनगढी । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा एमालेका नवलसिं रावलले एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढाले दुई हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का प्रत्यासी हुनुहुन्थ्यो ।

७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडाध्यक्षमा नेपाली काँग्रेसका सन्तोष मुडभरी र वडा नं १८का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी हुनुभएको छ । यस्तै वडा नं १९का वडाध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी हुनुभएको छ ।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गर्नुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहनुभएको छ । एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटाले तीन हजार ५७८ मतले पछ्याइरहनुभएको छ । कैलालीको लम्की चुहानगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन् ।

मादीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले) प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...