ओली र सिटौलालाइ झापामै चुनौती



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ ।
सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो ।

सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा काँग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ ।

नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ ।

त्यसैगरी एमालेका अध्यक्ष केपी शर्माको गृहनगर दमकमा भने एमाले राप्रपासँग पछि परेको छ । हालसम्मको परिणाममा एमालेको ११६ र राप्रपाको ५१२ मत रहेको छ । अध्यक्ष ओलीकै नगर दमकमा पनि एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रष्ट देखिन्छ । एमाले राप्रपासँग चार मतले मात्र अगाडि देखिन्छ ।

त्यसैगरी, काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र एमालेका रविन कोइराला रहेको मेचीनगरमा पनि दुवै पार्टीबीच उस्तै प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु आच्छु बनाइरहेको देखिन्छ । आज बिहानसम्म झिनो मतले अग्रता लिएको काँग्रेसलाई ९ बजेपछि आएको परिणामले एमालेको अग्रता देखाएको छ ।
झापामा राप्रपा पनि अगाडि छ । उसले दुईवटा वडामा अध्यक्ष र दुईवटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ ।
झापामा नेकपा माओवादी केन्द्रले भने अझै पनि कुनै पनि नगरपालिका र गाउँपालिकामा अग्रता लिन सकेका छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...