सीमा जोगाउने थारु, माग मधेसीको पूरा गर्ने: रेशम चौधरी



 काठमाडौं : २०७२ भदौ सात गते कैलाली जिल्लामा थरुहट आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ महिने बालक समेत मारिएको घटना अझै सेलाउन सकेको छैन ।

त्यो घटनाका प्रमुख योजनाकारका रूपमा चित्रित गरिएका रेशम चौधरी घरबास थातथलो छाडेर २२ महिनादेखि भारतमा बस्दै आएका छन्। घटनाको २२ महिना पुरा भइसकेपछि टिकापुर घटनाका प्रमुख दोषीको आरोप झेलिरहेका चौधरी पहिलो पटक जनता टेलिभिजनमार्फत जनतासामू सार्वजनिक भए छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा सार्वजनिक भएको रेशमसँगको एउटा तस्बिरले उनी त्यतिखेर पनि चर्चामा आए । यद्यपि प्रचण्डलार्इ भने ठुलै विवादमा तानियो । एकातिर ९ जनाको ज्यान लिएको घटनाको आरोप उनीमाथि छ भने अर्कातिर आफ्नो घरबास, व्यसाय, एफएमदेखि रिसोर्टसम्म टिकापुर घटनाका क्रममा आक्रमण गरेर ध्वस्त भएपछि उनी आफूलार्इ सडकमा पुर्याएको बताउँछन् ।

भिडियो अन्तर्वार्ता हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान

      नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित

बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री