पाँच पटक प्रधानमन्त्री बनेका थापाको जिल्ला एमालेको कब्जामा



धनकुटा । दोस्रो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा प्रत्यक्ष सिट जितेको राप्रपाले स्थानीय तहको निर्वाचनमा एउटा वडा पनि जित्न सकेन । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको गृह जिल्ला धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी नराम्ररी पराजित भएको छ ।
पूर्वप्रधानमन्त्री थापाको गृह नगर पाख्रिवास नगरपालिकामा समेत राप्रपाले लज्जास्पद हार वेहोरको छ ।

थापा जन्मिएको पाख्रिवास नगरपालिकाअन्तर्गत वडा नं. ७ र ८ मुगामा राप्रपाले वडा सदस्य समेत जित्न सकेन । थापाको गाउँ मुगामा २ वडा छन् । त्यसमध्ये वडा नं. ७ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल जित्ने अपेक्षा गरिएको थियो । तर, सो वडामा नेकपा एमालेका फडिन्द्रबहादुर तामाङले राप्रपाका कृष्णबहादुर थापालाई ८२ मतले पछि पार्दै एमालेले वडा कब्जा ग¥यो ।

थापाको गृह नगर भएकाले पनि पाख्रिवास नगरपालिकाका राप्रपाले जित्ने अपेक्षा गरिएको थियो । तर, पाख्रिवास नगरपालिकामा राप्रपाले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

पाख्रिवासमा नेकपा एमालेले १० वटै वडामा प्यानलसहित विजयी बन्दा नेपाली कांग्रेस, राप्रपा र नेकपा माओवादी केन्द्र पराजयले निरीह बन्न पुग्यो ।
राप्रपाका महामन्त्री तथा सांसद सुनीलबहादुर थापा र जिल्ला अध्यक्ष कुमारबहादुर थापाको गृहनगर पाख्रिवासमा राप्रपाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । यहाँ राप्रपाका श्यामबहादुर गुरुङले मेयर पदमा १ हजार ५ सय ६५ मत ल्याए ।
पाख्रिवासमा एमालेका वृषबहादुर राईले ४ हजार ४ सय ३९ मत ल्याएर मेयर बनेका छन् । संगठनात्मक रुपमा कमजोर मानिएको नेपाली कांग्रेसकी उम्मेदवार इन्दिरा थापाले भने १ हजार ६ सय २८ मत ल्याएर दोस्रो बनेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम