डोटीको पूर्वीचौकी गाउँपालिका र लेटाङ नगरपालिका– ९ मा एमाले विजयी



हाम्रो इकोनोमि

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराउनु भएको हो ।

बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपाध्यायले तीन हजार ५६८ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी हुनुभएको छ । साउद तीन हजार ५८७ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी काँग्रेसकी माया कुँवरले तीन हजार ५२८ मत ल्याउनुभयो ।

सात वडामध्ये नेपाली काँग्रेसले चारवटा वडा जितेको छ । एमालेले तीनवटा वडामा जित निकालेको छ । १, २, ३ र ७ नम्बर वडामा काँग्रेस विजयी भएको छ । ४, ५ र ६ मा भने एमाले जितेको छ ।

लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

मोरङको लेटाङ नगरपालिका – ९ मा नेकपा एमालेका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ ।

अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

सोही वडाको महिला सदस्यमा कमला राई ८२६ मत, दलित महिलामा हरिमाया विश्वकर्मा ८३९ मत तथा खुल्ला सदस्यमा खेमराज ढकाल ८४४ मत र गोपालबहादुर मगर ८३१ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...