माथागढी गापामा काँग्रेसको समूह विजयी



रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१ मत प्राप्त गर्नुभयो ।

यसैगरी सो गाउँपालिकाको आठ वटै वडामा काँग्रेस समूह नै विजयी भएका छन् । यसरी विजयी हुनुभएका वडाध्यक्षमा क्रमशः वडा नं १ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जङ्गबहादुर थापा र वडा नं ८ मा डिलबहादुर ढेगा मगर रहेका छन् ।

रामपुर नगरपालिका–३ मा एमाले र ८ मा काँग्रेस विजयी

यसैगरी रामपुर नगरपालिका –३ को वडाध्यक्षमा एमालेका दिनेशकुमार खनालले एक हजार ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमानाथ अर्यालले ७७१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सोहि नगरपालिका –८ को वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजालीले ९०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको