सूर्योदय नगरपालिका –२ र ३ मा एमाले विजयी



इलाम । इलामको सूर्योदय नगरपालिका–२ र ३ मा नेकपा एमाले समूह विजयी भएको छ ।

वडा नं– २ को वडाध्यक्षमा एमालेका चन्द्रकुमार सुब्बाले ७५० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रमोद राईले ५६२ मत प्राप्त गर्नुभयो ।

सदस्यहरुमध्ये महिला सदस्यमा ज्याजिमा तामाङ ८००, दलित महिला सदस्यमा सावित्रा शिवा ८२५, खुल्ला सदस्यमा लोकबहादुर घिमिरे ७८५ र सचेन राई ७५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरु सबै एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।

यसैगरी सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा एमालेकै होमबहादुर कार्कीले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका छिञ्जुला लामाले ४३१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै वडा सदस्यमध्ये महिला सदस्यमा डालीमाया कार्की ९७७, दलित महिला सदस्यमा तृष्णा लोहार ९६९ र खुल्ला सदस्यमा लोकनाथ नेपाल ९३८ तथा सुरेन्द्र गोले ९०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । विजयी सबै एमालेका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम