सूर्योदय नगरपालिका –२ र ३ मा एमाले विजयी



हाम्रो इकोनोमि

इलाम । इलामको सूर्योदय नगरपालिका–२ र ३ मा नेकपा एमाले समूह विजयी भएको छ ।

वडा नं– २ को वडाध्यक्षमा एमालेका चन्द्रकुमार सुब्बाले ७५० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रमोद राईले ५६२ मत प्राप्त गर्नुभयो ।

सदस्यहरुमध्ये महिला सदस्यमा ज्याजिमा तामाङ ८००, दलित महिला सदस्यमा सावित्रा शिवा ८२५, खुल्ला सदस्यमा लोकबहादुर घिमिरे ७८५ र सचेन राई ७५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरु सबै एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।

यसैगरी सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा एमालेकै होमबहादुर कार्कीले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका छिञ्जुला लामाले ४३१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै वडा सदस्यमध्ये महिला सदस्यमा डालीमाया कार्की ९७७, दलित महिला सदस्यमा तृष्णा लोहार ९६९ र खुल्ला सदस्यमा लोकनाथ नेपाल ९३८ तथा सुरेन्द्र गोले ९०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । विजयी सबै एमालेका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...