दिदीको हलक्क ज्यान बढ्यो रे, सुने पछि भाइले दिए साथ



हाम्रो इकोनोमि

जबर्जस्त होइन गलाले भरपुर साथ दिएको छ,उनलाई। जादुमयी कोइली स्वर छ,गायन कलामा उत्तिकै मिठास छ। गाना र बजाना बाहेक अरु तिर ध्यानै छैन,निरन्तर गायन कर्ममा लागेर चर्चाको शिखरमा पुग्न बामे सर्दै गरेकी उनी अर्थात् सुशिला पाठक आफ्ना स्वरहरुलाई थप फराकिलो पार्न गीतको म्युजिक भिडियो निर्माणमा लागेकी छिन ।

सुन्दर स्वरले सजिएका गीतलाई भिडियो मार्फत अझ सशक्त बनाउन लागिपरेकी उनले हलक्क ज्यान बढ्यो रे नामक गीतको म्युजिक भिडियोको छायांकन सकेकी छिन । गीतमा अभिव्यक्त भावलाई सर्लक्क उतार्ने तवरले भिडियो निर्माण भएको छ।

बिष्णु गुरुङको शब्द तथा संगीतकार शिला बहादुर मोक्तानको संगीत रहेको गीतमा बेजोड स्वर दिएकि उनको भिडियोमा तिख्खर अभिनय समेत देख्न पाइन्छ। पछिल्लो पुस्ताकी आशा लाग्दी गायिका पाठक छोटो समयमा चर्चित हुने चारमा पुगिसकेकी छिन। मोडल भुपेन पाठक तथा नायिका रिमा बिस्वकर्माको जोडदार अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन भने छायाँकारमा हरि हुमागाई रहेका छन। मोडेल भुपेन सुशिलाका सहोदर भाई हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...