द्वन्द्वपीडितका लागि बीस करोड ४० लाख राहत



हाम्रो इकोनोमि

सुर्खेत । यहाँका द्वन्द्वपीडितका लागि रु २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार दोस्रोचरणका लागि उक्त रकम वितरण गर्न लागेको हो । दशवर्षे जनयुद्धमा मृत्यु भएका, बेपत्ता पारिएका, अपहरण गरिएका, विस्थापित परिवारका हकदारका लागि राहत रकम वितरण गरिने स्थानीय शान्ति समितिले जनाएको छ ।

मृत्यु र बेपत्ता पारिएका पीडितमध्ये लगत सङ्कलन समितिको छनोटमा परेका ३३६ परिवारका लागि रु १४ करोड ८३ लाख ५० हजार राहत वितरण गरिनेछ । सरकारले मृत्यु र बेपत्ता परिवारका लागि रु १० लाख राहत पु¥याउने लक्ष्यअनुसार पहिलोचरणमा २८८ जनालाई राहत वितरण गरिएको थियो ।

यसैगरी विस्थापित परिवारका लागि रु चार करोड १० लाख वितरण गरिने छ । उक्त रकम पाँच सय पाँच विस्थापित परिवारले पाउने छन् । अपहरण पारिएका परिवारका लागि रु ३ लाख आएकोमा यस पटक १२ जनालाई वितरण गरिने भएको छ ।

स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले अपहरणमा परेका परिवारका हकमा २५ हजार नबढ्ने गरी राहत वितरण गर्न मन्त्रालयबाट निर्देशन आएको जानकारी दिनुभयो । शान्ति समितिको तथ्याङ्कअनुसार जिल्लामा ८५२ जना अपहरणमा परेका द्वन्द्वपीडित छन् ।
द्वन्द्वका समयमा घाइते र अपाङ्ग भएका व्यक्तिका लागि जीवन निर्वाहमा मद्दत पुगोस् भन्ने उद्देश्यले ५१ प्रतिशत अपाङ्ग र घाइते परिवारलाई मासिक रुपमा रु ६ हजार २०० वितरण गरिँदै आएको संयोजक थापाले बताउनुभयो ।

जसका लागि रु १३ लाख ४९ हजार यस पटक वितरण गरिनेछ । उक्त रकम १६ जनाका लागि वितरण गरिँदै आएको उहाँले बताउनुभयो । संयोजक थापाकाअनुसार द्वन्द्वपीडितका लागि आएको राहत रकम असार मसान्तमा वितरण नभएमा फ्रिज हुनेछ । लगत समितिको छनोटमा परेका एक सय २३ जना द्वन्द्वपीडितले पहिलोचरणको राहत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
मिडिया हाउसको गेटमा बेवारिसे गाडी आतंक, कारबाही गर्न माग

    काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक...

सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...