हेर्नुहोस् सुनसरीको हालसम्मको मत परिणाम



इटहरी । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ ।

इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ ।

नेकपा (एमाले)का प्रमुखका उम्मेदवार द्वारिकलाल चौधरीले दुई हजार चार सय ९३तथा उपप्रमुखक उम्मेदवार लक्ष्मी गौतमले दुई हजार चार सय १३ मत ल्याउनुभएको छ । इटहरी–१ मा काँग्रेसका विष्णु चौधरीको समूहले विजय प्राप्त गरिसकेको छ ।

यसैगरी धरानमा प्रमुखका उम्मेदवार तिलक राईले एक हजार आठ सय ३९ र उपप्रमुखका उम्मेदवार श्यामा रेग्मीले एक हजार आठ सय २९ मत प्राप्त गरी अग्रस्थान ओगट्नु भएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बाले एक हजार पाँच सय ६६ र उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले एक हजार छ सय ६३ मत ल्याई काँग्रेसलाई पछ्याइरहनुभएको छ । धरान–१ बाट काँग्रेसका रोशन अधिकारी र २ बाट माधवगोविन्द श्रेष्ठको समूह नै विजयी भएको छ ।

त्यस्तै दुहवी नगरपालिकामामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले दुई हजार चार सय ९८ र उपप्रमुखका उम्मेद वार सुनिता दाहाल शाहले दुई हजार चार सय ५२ मतसहित अग्रता कायम गरिरहनुभएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार विनय पोख्रेलले दुई हजार दुई सय ३४ र उपप्रमुखका उम्मेदवार चन्द्रकला विश्वासले दुई हजार चार सय ५७ मत ल्याउनुभएको छ । दुहवी –१२ बाट भने काँग्रेसका खुसीलाल चौधरीले वडाध्यक्षसहित सबै सदस्य पदमा विजय प्राप्त गर्नुभएको छ ।

त्यस्तै रामधुनी नगरपालिकामा पनि काँग्रेसका प्रमुख जयप्रकाश चौधरीले दुई हजार ७२ र उपप्रमुख विजया कटवालले एक हजार पाँच सय तथा एमालेका नन्दकुमार बस्नेतले एक हजार दुई सय ७० र उपप्रमुख सविना चौधरीले एक हजार पाँच सय २१ मत ल्याउनुभएको छ । रामधुनी नगरपालिका–१ बाट काँग्रेसका महेश चौधरीले वडाध्यक्षसहित सबै पदमा विजय प्राप्त गरिसक्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

बराह र इनरुवा नगरपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको सुनसरीका प्रजिअ गोपालप्रसाद गुरागाईंले जानकारी दिनुभयो । गाउँपालिकाको मतगणनाको नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेको बताइएको छ । कतिपय निर्वाचन अधिकृतले सूचना दिने कार्यमा कन्जुस्याइँ गरिरहेको प्रति गुनासो बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालयले समेत सूचना नपाएको निर्वाचन अधिकृत जानकी कर्णले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम जानकी मन्दिरमा

    राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका