नवलपरासीको प्रतापुरमा काँग्रेस र सुस्तामा एमाले विजयी



नवलपरासी । नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा (एमाले) विजयी भएका छन् ।

प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएको हुन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी हुनुभएको हो । शर्माको चार हजार चार सय ३६ र चौधरीको तीन हजार सात सय २७ मत छन् ।

उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार चार सय ५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । चौधरीको चार हजार चार सय ८६ र थारुको तीन हजार ८१ मत छन् ।

नौ वटा वडा रहेको गाउँपालिकामा एक स्वतन्त्रसहित चार काँग्रेस, दुई फोरम र एक एक वडाअध्यक्ष माओवादी र एमालेले जितेका छन् । स्वतन्त्रबाट वडाअध्यक्षमा जित्नेमा कादिर अलि हुनुहुन्छ ।

यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई पाँच सय ५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी हुनुभएको छ । पाण्डेयको तीन हजार पाँच सय ११ र शेखको दुई हजार नौ सय ५२ मत छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई सात सय २९ मतले पराजित गर्नुभएको छ । थरुनीको तीन हजार पाँच सय ६५ छ भने ढुङ्गानाको दुई हजार आठ सय ३६ मत छन् । पाँच वटा वडा रहेको गाउँपालिकामा १ र ५ नं वडाका अध्यक्षमा काँग्रेसले जितेको छ । एमालेले २ र ४ तथा राप्रपाले ३ नंमा वडाअध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम