तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी



हाम्रो इकोनोमि

रामपुर (पाल्पा) । तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

तिनाहुँ अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ सय १९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र पाण्डेयले दुई हजार सात सय सात मत ल्याउनुभएको छ ।

गाउँपालिकाका उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी हुनुभएको छ । उहाँले दुई हजार आठ सय ७५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका मन कार्कीले दुई हजार छ सय ८६ मत पाउनुभएको छ ।

त्यस्तै पूर्वखोला अध्यक्षमा एमालेका नुनबहादुर थापा आठ हजार आठ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका झमनराज मगरले एक हजार ३२ मत ल्याउनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई पाँच हजार चार सय मत ल्याई विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पुष्पा गाहाले एक हजार एक सय ४३ मत पाउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा अन्य स्थानीय तहको मतगणना जारी छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...