लिलाम बडाबढमा गाई बेच्दै देउवा सरकार



हाम्रो इकोनोमि

काठमाडौँ  । राष्ट्रिय जनावर गाई लाइ लिलामी बिक्रीका लागी राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान अन्तर्गतको पशु प्रजनन महाशाखाले सूचना प्रकाशित गरेको छ । जेठ २५ गते दैनिक पत्रिकामा सूचना प्रकाशित गरी महाशाखाले १२ वटा गाई लिलाम बडाबढमा बेच्ने तयारी थालेको हो ।

अनुसन्धानका लागी पालिएका गाई प्रजनन अयोग्य, बुढी र अनुत्पादक भएको कारण देखाउदै गाई बिक्री गरिन लागेको हो । महाशाखाले बोलकबोलको माध्यमबाट लिलाम बडाबढमा बिक्री गरी हाटाउनु पर्ने भएकोले उक्त गाईहरु लिन चाहनेले भाग लिन आउनु हुन भन्ने व्यहोराको सूचना छापेको हो । गाई लिलामीका लागी असार ९ गते ११ बजे देखी ३ बजे सम्मलाई सुचनामा उल्लेख गरिएको छ । पशु प्रजनन महाशाखा खुमलटार ललितपुरमा हुने लिलाम बडाबढमा सहभागी हुन महाशाखाले ०१-५५२३१६० मा सम्पर्क राख्न अनुरोध गरेको छ ।

यता पशु अधिकारकर्मी हरु यही बिषयलाई लिएर आन्दोलित हुने भएका छन् । प्रतिष्ठानले के प्रयाेजनका लागि गाई लिलाम गर्दैछ ? लिलाम भएका गाईको जीवनरक्षाकाे जिम्मेवारी कस्काे ? गाई लिलाम गरेर हत्या गर भन्ने उद्देश्यले विज्ञापन गर्न नेपालका सरकारी निकायले मिल्छ ? यस्ता बिषयलाई आन्दोलनमा होमिने पशु अधिकारकर्मीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...