लिलाम बडाबढमा गाई बेच्दै देउवा सरकार



हाम्रो इकोनोमि

काठमाडौँ  । राष्ट्रिय जनावर गाई लाइ लिलामी बिक्रीका लागी राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान अन्तर्गतको पशु प्रजनन महाशाखाले सूचना प्रकाशित गरेको छ । जेठ २५ गते दैनिक पत्रिकामा सूचना प्रकाशित गरी महाशाखाले १२ वटा गाई लिलाम बडाबढमा बेच्ने तयारी थालेको हो ।

अनुसन्धानका लागी पालिएका गाई प्रजनन अयोग्य, बुढी र अनुत्पादक भएको कारण देखाउदै गाई बिक्री गरिन लागेको हो । महाशाखाले बोलकबोलको माध्यमबाट लिलाम बडाबढमा बिक्री गरी हाटाउनु पर्ने भएकोले उक्त गाईहरु लिन चाहनेले भाग लिन आउनु हुन भन्ने व्यहोराको सूचना छापेको हो । गाई लिलामीका लागी असार ९ गते ११ बजे देखी ३ बजे सम्मलाई सुचनामा उल्लेख गरिएको छ । पशु प्रजनन महाशाखा खुमलटार ललितपुरमा हुने लिलाम बडाबढमा सहभागी हुन महाशाखाले ०१-५५२३१६० मा सम्पर्क राख्न अनुरोध गरेको छ ।

यता पशु अधिकारकर्मी हरु यही बिषयलाई लिएर आन्दोलित हुने भएका छन् । प्रतिष्ठानले के प्रयाेजनका लागि गाई लिलाम गर्दैछ ? लिलाम भएका गाईको जीवनरक्षाकाे जिम्मेवारी कस्काे ? गाई लिलाम गरेर हत्या गर भन्ने उद्देश्यले विज्ञापन गर्न नेपालका सरकारी निकायले मिल्छ ? यस्ता बिषयलाई आन्दोलनमा होमिने पशु अधिकारकर्मीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...